Rule 58
भूयोजन गर्नु पर्ने
(१) हार्ड भोल्टेज प्रसारण प्रणाली अन्तर्गत सबै प्रकारका धातु निर्मित सपोर्टहरुलाई अविछिन्न अर्थ वायर प्रयोग गरी स्थायी तथा प्रभावकारी भूयोजन गर्नु पर्नेछ ।
(२) प्रसारण तथा वितरण प्रणालीको सपोर्टहरुमा प्रयोग हुने स्टे वायरमा भूइँबाट ३ मीटर उचाई भन्दा घटी नहुने गरी इन्सुलेटर राख्नु पर्नेछ ।